छानबिन समितिमा बयान दिन लुरुलुरु जान्नँ : ओली



काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बनाएको छानबिन समितिमा बयानका लागि नजाने बताएका छन् ।

आज सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले आयोगले जहाँ र जहिल्य भन्छ आफूले त्यहाँ गएर बयान नदिने बताएका हुन् ।

उनले भने, ‘केपी ओली सोझो छ भन्दैमा आयोगहरु जसले जहाँ–जहाँ बनाउँदै हिँड्छ, जसले सोध्दै जान्छ, त्यहाँ त्यहाँ लुरुलुरु गएर बयान दिने काम केपी ओलीले गर्दैन । थाहा होस् । कुनै भ्रममा आफैंलाई धोका दिने काम केपी ओलीले गर्दैैन,’।

प्रकाशित मिति : कार्तिक २, २०८२ आईतबार  ३ : ४६ बजे