काठमाडौं, ३ कार्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले प्रचण्डको सचिवालयबाट राजिनामा दिएको घोषणा गरेकी छिन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत प्रचण्डको सचिवालयबाट राजिनामा दिएको स्पष्ट पारेकी हुन् । आफूलाई देखाएर पार्टी र संयोजक प्रचण्डमाथि योजनाबद्ध रुपमा प्रहार भइरहेको उनको भँनाई छ ।
दाहालले आफ्नो बारेमा अनावश्यक प्रहार गरिएको भन्दै गलत नगरेको समेत दाबि गरेकी छन् ।उनले आफूले जीवनमा कहिल्यैपनि एक लाख पर्ने ब्याग र घडी नकिनेको दाबी गरेकी छिन् ।
उनले भनेकी छिन्,‘कहिले कति लाखको ब्याग भनिदिएको छ, कहिले कति लाखको घडी । एक लाख पर्ने घडी, ब्याग जिन्दगीमा कहिले पनि किनेको छैन । साथीभाइले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भैसक्यो । अझै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ ।’









