काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीमाथि दुर्व्यवहार भएको छ ।
प्रहरीबाट प्राप्त जानकारी अनुसार सोमबार बेलुका ललितपुरको सातदोबाटोमा अधिकारीमाथि दुर्व्यवहार भएको हो ।
अधिकारिले आफुमाथी दुर्ब्यवाहार भएको उजुरी समेत प्रहरिमा दिइसकेका छन् ।
स्कुटरमा आएका व्यक्तिले अधिकारीमाथि दुर्व्यवहार गरेको प्रहरीले जानकारी दिएको छ ।
तर दुर्व्यवहार गर्ने समूह भने नभेटिएको प्रहरिले जानकारी दिएको छ ।









