काठमाडौ । नेपाली कांग्रेसले घोषित निर्वाचनलाई लक्षित गरी मतदाता नामावली दर्ता प्रक्रियाको अभियान थाल्न मातहतका पार्टी निकायहरुलाइ परिपत्र जारी गरेको छ।
पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाद्वारा हस्ताक्षरित , छठ पर्व लगत्तै प्रदेश कार्यसमितिका पदाधिकारीहरूलाई मतदाता दर्ता अभियानमा खटाउने भनिएको छ।
परिपत्रमा पार्टी केन्द्रीय समितिको बैठकले नवीन राजनीतिक सन्दर्भमा उपयुक्त निर्णय गर्ने जनाउँदै, निर्वाचन आयोगले जारी गरेको सूचनालाई मध्यनजर गरेर मतदाता नामावली दर्ता अभियानलाई सक्रियता दिनु आजको आवश्यकता रहेको उल्लेख छ।
जिल्ला कार्यसमिति र मातहतका सबै तहका समितिहरूलाई तत्कालका लागि अन्य कार्यहरू थाती राखेर ‘मतदाता दर्ता अभियान’ मा लाग्न परिपत्रमार्फत निर्देशन दिइएको छ।









