विश्वकप लिग–२: यूएईविरुद्ध कप्तान पौडेलको सेन्चुरी



काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यूएईविरुद्ध सेन्चुरी हानेका छन् ।

जारी खेलमा पाँँच चौंका एक छक्का सहित उनले १२६ बलमा १०० रन पुर्याए । टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दैछ ।

लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा छ ।

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएको थियो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो ।

प्रकाशित मिति : कार्तिक १३, २०८२ बिहीबार  २ : ५३ बजे