विवादबीच स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक



काठमाडौँ । कांग्रेसको आगामी महाधिवेशनको मितिबारे महामन्त्रीद्वय पक्षधर र संस्थापन पक्षधरबीच सहमति हुन नसक्दा शुक्रबारका लागि तय भएको कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो।

एक केन्द्रीय सदस्यका अनुसार, कार्यवाहक सभापतिसँग कुरा नमिलेपछि महामन्त्रीद्वय बैठक हलमै प्रवेश नगरी बाहिरिएका थिए । त्यसपछि कार्यवाहक सभापतिका तर्फबाट सूचना सुनाउँदै बैठक स्थगित भएको हो ।

अब आइतबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नेछ।

प्रकाशित मिति : कार्तिक १४, २०८२ शुक्रबार  ३ : ५५ बजे