हरिबोधिनी एकादशी : चाँगुनारायणमा श्रद्धालुको भीड (तस्विरहरू)



काठमाडौं । आज हरिबोधिनी एकादशी मनाईंदैछ ।

हरिबोधनी अर्थात ठूलो एकादशी पर्वमा हिन्दू धर्मावलम्बीहरूले ब्रत बसी भगवान नारायणको पूजाअर्चना गरी मनाउँछन्। काठमाडौं उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ।

हरिबोधनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेका चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ । यही विश्वासका साथ भक्तपुरमा रहेको चाँगुनारायण मन्दिरमा पनि श्रद्धालुको भीड लागेको छ।

तस्विरहरू : सक्षम घिमिरे/ नेपाल न्यूज बैंक

प्रकाशित मिति : कार्तिक १५, २०८२ शनिबार  १ : ०२ बजे