एमालेले मंसिर ६ मा काठमाडौंमा जनसभा गर्ने, फेरियो महाधिवेशन स्थल



काठमाडौं । नेकपा एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ । शनिवार गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको केन्द्रीय सचिवालय बैठकले वडादेखि जिल्ला हुँदै काठमाडौंमा मंसिर ६ गते जनसभा आयोजना गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

तेस्तै बैठकले नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ । यसअघि बसेको केन्द्रिय कमिटीको बैठकले ११ औं राष्ट्रिय महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो ।

आजको बैठकले स्थान परिवर्तन गरेर काठमाडौंमा गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव ज्ञवालीले बताए ।

एमालेको महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म गर्ने निर्णय भइसकेको छ । महाधिवेशनका लागि ६ लाख ६७ हजार ६ सय ३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गर्ने उनले बतएउनु भयो ।

प्रकाशित मिति : कार्तिक १५, २०८२ शनिबार  ६ : २७ बजे