काठमाडौं । पार्टीको १५ औं महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसकेपछि नेपाली काँग्रेसका संस्थापन पक्षीय नेताहरू अलग्गै छलफल थालेका छन् ।
नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा जारी उक्त छलफलमा केन्द्रिय सदस्यहरूले पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउनको लागि महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए।
पार्टीको इतर पक्षले मङ्सिरभित्रै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राखेका छ भने संस्थापन पक्ष निर्वाचनपछि मात्र अधिवेशन धकेल्ने पक्षमा देखिएको छ ।
छलफलमा तत्काल पार्टीलाई निर्वाचनको तयारीमा केन्द्रित गर्दै सँगसँगै महाधिवेशनको तयारी कसरी अगाडि बढाउने भन्ने विषयमा भइरहेको छलफलमा सहभागि पार्टी केन्द्रिय सदस्य गुरु बरालले बताए ।










