काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले पुस १६ गतेदेखि नियमित महाधिवेशन प्रस्ताव गरेका छन् ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा उनले उक्त प्रस्ताव राखेका हुन् ।
बैठकको सुरुवातमा सम्बोधन गर्दै उनले पुस १६ देखि १९ सम्म १५औं महाधिवेशनको प्रस्ताव राखेको एक केन्द्रीय सदस्यले बताए ।














