एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ



काठमाडौं, १८ कात्तिक । नेकपा (एमाले)का केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् ।

उनलाई आज (मंगलबार) प्रहरीले काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो ।

बहुविवाह मुद्दामा अदालतले गरेको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको बताइएको ।

अदालतले उनीविरुद्ध एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवान हुने फैसला गरेको थियो ।

प्रकाशित मिति : कार्तिक १८, २०८२ मंगलबार  ७ : ५६ बजे