सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

आज सुन ६ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोवार भईरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला २ हजार ९ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी आज ३ हजार १० रुपैयाँमा कारोवार भईरहेको छ ।

प्रकाशित मिति : कार्तिक २०, २०८२ बिहीबार  ११ : २८ बजे