विप्लव, जनार्दन र घनश्याम जुटे छलफलमा



काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीचको एकता प्रक्रियाबाट असन्तुष्ट प्रमुख दुई जना नेताहरु नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको निवासमा पुगेका छन् ।

नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल शुक्रबार बिहान नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई भेट्न ललितपुरको हरिसिद्धीस्थित उनको निवास पुगेका हून् ।

तीन नेताबीच समसामयिक राजनीतिक विषय र सम्भावित नयाँ राजनीतिक ध्रुवीकरणबारे छलफल भइरहेको बताइएको छ।

शर्माले हिजो मात्र वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र रास्वपाका नेताहरूसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : कार्तिक २१, २०८२ शुक्रबार  ११ : २६ बजे