कार्तिक २३ । गृहमन्त्री ओमप्रकाश अर्यालले आफू नेतृत्वको गृह मन्त्रालय संवेदनशील मन्त्रालय भएकाले कतिपय विषयमा भइरहेका र हुने कामबारे बोल्न नमिल्ने बताएका छन् ।
समाजिक सञ्जाल फेसबुकमार्फत संवेदनशीलताकै कारण कतिपय विषयमा के गर्दैछौँ र, के गर्यौँसमेत भन्न नमिल्ने अवस्था हुने गरेको जनाउँदै लेखेका छन्, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो, कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ।’
मन्त्रालयसँग ‘शुद्ध चित्तले कर्म गरिरहने’ बाहेक अरू विकल्प नभएको उनको भनाइ छ।










