काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेकाहरुले नै जेन–जी आन्दोलनको नाम देश जलाउने काम गरेको आरोप लगाएका छन् ।
आईतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ, नेपालको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले जेन–जी आन्दोलन सडकमा उफ्रिनेहरुले नै देश जलाउने काम गरेको जिकिर गरेका हुन्।
जलाउनेहरुले नै देश चलाउने तमासा देखाईरहेको अध्यक्ष ओलीको भनाई थियो ।
उनले मुलुक असाधारण संकटमा रहेकाले त्यसलाई जोगाउन युवाहरु अघि बढ्नुपर्ने बताए ।









