मधेस प्रदेशः काँग्रेससहितका सात राजनीतिक दलहरु छलफलमा



काठमाडौं । मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलहरु छलफलमा जुटेका छन् ।

सोमवार बिहान मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेसँगै सात राजनीतिक दलहरु छलफलमा जुटेका हुन् ।

छलफलमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत दलका नेता सहभागी छन् ।

उनीहरुले आगामी रणनीति तय गर्ने बताइएको छ ।

प्रदेश प्रमुख भण्डारीले संविधानलाई मिचेर एमालेका नेता यादवलाई संविधानको धारा १ सय ६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै बाँकी दलहरू असन्तुष्ट छन् ।

प्रकाशित मिति : कार्तिक २४, २०८२ सोमबार  ११ : १३ बजे