एमालेले बोलायो विघटित संसदीय दलको बैठक



काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ ।

प्रमुख सचेतक महेश बर्तौलाकाअनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो।

“मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न मिति २०८२ मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले संसदीय दलको बैठक आयोजना गरिएको जानकारी गराउन चाहन्छु,” बर्तौलाले जारी गरेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : कार्तिक २४, २०८२ सोमबार  १ : २० बजे