मधेशको मुख्यमन्त्रीमा यादवको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता



काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का नेता सरोज यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

मधेश प्रदेशका ७४ जना सांसदहरुले हस्ताक्षर गरेर मुख्यमन्त्री नियुक्तिको प्रक्रियामा असहमति जनाउँदै रिट दायर गरेका हुन् ।

उक्त रिट निवेदन भोलि (बुधबार) का लागि पेशी तोकिएको छ ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध आफूहरूले सर्वोच्चमा रिट दायर गरिएको रिएको मधेस प्रदेशको कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले बताए ।

प्रकाशित मिति : कार्तिक २५, २०८२ मंगलबार  २ : ३८ बजे