रवि र छविको मुद्दा न्यायाधीशद्वय ओमप्रकाश र बासुदेवको इजलासमा



काठमाडौं। रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी तोकिएको छ ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी बिहीबार (आज) का लागि तोकिएको हो ।

उनीहरुको मुद्दा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासमा सुनुवाइ हुने तय भएको छ । यो मुद्दामा कार्तिक २० गते सुनुवाई भएको थियो ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछानेले बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न माग गरेका थिए ।

प्रकाशित मिति : कार्तिक २७, २०८२ बिहीबार  १ : ०७ बजे