काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले राजनीतिक दल खोल्ने वा चुनाव लड्ने कुनै मनसाय नराखेको स्पष्ट पारेका छन् ।
बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले आफूहरू संविधानको शपथ खाएर आएको र त्यसप्रति पूर्ण प्रतिबद्ध रहेको बताए ।
राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबार बसेको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।
‘दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ,’ गृहमन्त्री अर्यालको प्रस्टोक्ति दिए । उनलाई राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले दल खोलेर चुनाव लड्ने हो भनेर प्रश्न गरेका थिए ।









