काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गरेकी छिन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग आज (कात्तिक २८) टेलिफोनमा कुराकानी गर्दै कार्कीले म्याद थपका लागि आग्रह गरेकी हुन् ।
यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएका छन् ।









