सरकारका प्राथमिकताबारे राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे आज विभिन्न राजनीतिक दलसँग छलफल गर्ने भएकी छन् ।

दिउसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका वेला प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलसँगको छलफलको तयारी तीव्र बनाएकी छन्।

उनले चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि संयुक्त छलफल गर्न लागेकी हुन्।

प्रकाशित मिति : मंसिर ३, २०८२ बुधबार  ११ : ०९ बजे