काठमाडौं । युरोपेली आयोगले बुधवार सैन्य गतिशीलतामा नयाँ प्याकेज र रक्षा उद्योग रूपान्तरण रोडम्यापको अनावरण गरेको छ ।
जुन युरोपको रक्षा तयारीलाई सुदृढ पार्ने आफ्नो व्यापक प्रयासको एक भाग हो ।
सैन्य गतिशीलतामा प्रस्तावित प्याकेजले २०२७ सम्ममा युरोपेली संघ (इयु)–व्यापी सैन्य गतिशीलता क्षेत्र सिर्जना गर्ने लक्ष्य राखेको थियो ।
जुन ब्लकले सैन्य शेन्जेन भनेर वर्णन गरेको कुरा स्थापना गर्ने दिशामा एक कदम हो ।














