रवि र छविको मुद्दाको सुनुवाइ स्थगित



बुटवल ।रास्वपा सभापति रवि लामिछानेले दिएको रिट निवेदनमाथिको मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ ।

उनीहरुले बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग राख्दै निवेदन दिएका थिए ।

न्यायाधीश मिलन कुमार राई र सानुमाया डङ्गोलको संयुक्त इजलासमा परेको मुद्दामा रविको पक्षका कानुनी व्यवसायीले निवेदन दिएपछि स्थगित भएको हो ।

प्रकाशित मिति : मंसिर ४, २०८२ बिहीबार  १२ : २३ बजे