काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको नेशनल भोलेन्टियर फोर्सले एमालेप्रति विमती राख्नेहरुको पनि सुुरक्षा गर्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा एक कार्यक्रमका बीच सो फोर्सको घोषणा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष ओलीले राज्यका संयन्त्रले मात्रै मुलुक र जनताको जीउधनको सुरक्षा गर्न नसक्ने कुरा हालै भएको जेनजी आन्दोलनको क्रममा देख्नु, भोग्नु परेकाले पनि आफ्नो पार्टीले सो फोर्समार्फत देश र जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्नुपरेको बताए ।
यो स्वयंसेवक फोर्स कसैको अहितको लागि गठन भएको होइन । राष्ट्रिय हितका लागि गठन भएको हो,” उनले भने,एमालेसँग अहमत राख्ने वा खुदै यो संगठनसँग असहमति राख्नेहरूको पनि जिउधन, अधिकारको रक्षा गर्ने कामका लागि यो गठन भएको हो । यसको अस्तित्व र विकाससँग कोही पनि आत्तिन पर्र्दैन, तर्सिन पर्र्दैन ।”
उनले शान्ति सुव्यवस्थाका निम्ति फोर्स गठन गरिएको जिकिर गरे ।









