प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा फुयाल र मुसलमानको इजलासमा



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा आज सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ ।

अदालतले दिएको अन्तरिम आदेशको पालना नगरेको भनी प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले रिट दायर गरेका थिए ।

सो रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा पेशी तोकिएको हो ।

प्रकाशित मिति : मंसिर ७, २०८२ आईतबार  १२ : ०८ बजे