काठमाडौं। नेपाली कांग्रेसले माघमा हुने राष्ट्रियसभाको रिक्त पदको निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गराएको छ ।
आइतबार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन् ।
शनिबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले निर्वाचनमा जाने निर्णय गरेको थियो ।
त्यसको भोलिपल्ट आज निर्वाचन प्रयोजनको लागि दल दर्ता भएको हो ।









