अदालतको अवहेलनामा सर्वोच्चले माग्यो प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ



काठमाडौं । सर्वोच्च अदालतले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग अवहेलना मुद्दामा कारबाही हुनु नपर्ने कारणसहित लिखित जवाफ मागेको छ ।

प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता डा.प्रेमराज सिलवाल र प्रतिभा उप्रेतीले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दा न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।

मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशद्वय फुयाँल र मुसलमानको इजलासले प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग्ने आदेश गरेको हो ।

प्रकाशित मिति : मंसिर ७, २०८२ आईतबार  ३ : ४४ बजे