सर्वोच्चको आदेशसँगै दुर्गा प्रसाईं थुनामुक्त



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् ।

सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएसँगै प्रसाईं आइतबार साँझ थुनामुक्त भएका हुन् ।

आइतबार डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

प्रसाईँका छोरा निराजनले प्रसाईँलाई गैरकानुनी रुपमा पक्राउ गरेर थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका दिए ।

विभिन्न माग राख्दै मंसिर ७ गतेदेखि देशब्यापी आन्दोलनको घोषणा गरेका प्रसाईँलाई प्रहरीले निजको निवासबाटै पक्राउ गरेको थियो ।

प्रकाशित मिति : मंसिर ७, २०८२ आईतबार  ८ : ११ बजे