काठमाडौँ । सरकारको नयाँ मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।
उनी हाल रक्षा मन्त्रालयको सचिव पदमा कार्यरत छन्। यसअघि उनले राष्ट्रिय योजना आयोग, युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवको रूपमा काम गरिसकेका छन्।
हालका मुख्यसचिव एकनारायण अर्याल मंगलबारदेखि ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्।









