कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला सूरु



काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूको भेला सुरू भएको छ।

बुधबार दिउँसो प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भेला सुरू भएको हो।

कांग्रेसका संस्थापन पक्ष निर्वाचनपछि मात्र महाधिवेशन गर्न चाहन्छ भने इतर पक्ष निर्वाचन अघि महाधिवेशन गर्न चाहन्छ । एक महिनासम्म चलेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनकाबारेमा कुनै निर्णय नगरेपछि विशेष महाधिवेशन पक्षधरले भेला गरेका हुन् ।

उनीहरूले विशेष महाधिवेशन माग गर्दै देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर पार्टीका कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई २८ असोजमा बुझाएका थिए ।

प्रकाशित मिति : मंसिर १०, २०८२ बुधबार  २ : २४ बजे