मिराज समूहले बुधबार पनि प्रधानमन्त्री भेट्न नपाएपछि बालुवाटारमा प्रदर्शन (तस्बिरहरू)



काठमाडौं । मिराज ढुंगाना समूहको जेनजीहरुलाई प्रधानमन्त्रीनिवास नजिकै प्रदर्शन गर्ने क्रममा सुरक्षा प्रहरीले लखेटेको छ ।

बुधबार प्रधानमन्त्रीनिवास नजिकै प्रदर्शन गरिरहेका उनीहरूलाई प्रहरीले सडकबाट केही परसम्म हटाएको हो ।

मंगलबार पनि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न खोजपछि उनीहरुलाई प्रहरीले त्यहाँबाट हटाएको थियो ।

प्रहरीले लखेटेपछि ढुंगाना समूहले प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको छ ।

वर्तमान सरकार ुजेनजीुको भावनाविपरीत अघि बढ्न खोजेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागका साथ सो समूहले बुधबार प्रधानमन्त्री निवासबाहिर प्रदर्शन गरेको हो । उनीहरूले प्रधानमन्त्री राजीनामा देउ, जेनजीका माग पूरा गर, दोषीलाई कारबाही गर लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : मंसिर १०, २०८२ बुधबार  ६ : ५८ बजे