काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका वरिष्ठ नेताहरूले सभापति शेरबहादुर देउवासँग छलफल सुरु गरेका छन् ।
कांग्रेसभित्र महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अघि गर्ने कि पछि गर्ने भन्नेबारे विवाद उत्कर्षमा पुगेपछि सभापति शेरबहादुर देउवा निकासका लागि छलफलमा जुटेका हून् ।
छलफलमा पूर्वउपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विजय गच्छदार, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र डा शशांक कोइराला तथा संस्थापन पक्षका अहिलेका पदाधिकारीहरू सहभागी छन् ।
महाराजगंजस्थित उनको निवासमा संस्थापन पक्षका नेताहरूको छलफल जारी छ ।









