काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका नेताहरुसँग भेटवार्ता गरेकि छन् ।
बिहीवार बालुवाटारमा बोलाएर प्रधानमन्त्री कार्कीले एमाले नेताहरुसँग भेटवार्ता गरेकि हुन् । संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल थिए ।
नेकपा एमालेका पक्षबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी थिए।
प्रधानमन्त्री कार्कीले एमालेका नेताहरुलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।









