गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको सुझावः नेपाल आउँने बाटो नमेट्नुस्, टेक्ने ठाउँ राख्नुस्



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा भएको सम्पती बेचबिचन गरेर नलैजान आग्रह गरेकि छन् । आईतवार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले नेपालमा आफ्नो नेपालमा सुरक्षित राख्न आग्रह गरेकि हुन् ।

गैरआवासीय नेपालीलाई सरकारले दोस्रो दर्जाको नागरिकको रुपमा नहेरेको बताउँदै उनले विदेशमा रहेका नेपालीको सम्पतीको सुरक्षा सरकारले गर्ने बताइन । उनले हाल विश्वभर बाहिरका मान्छेलाई बस्न नदिने खालको चलन चलेको उल्लेख गर्दै नेपालमा एउटा कोठा मात्रै भएपनि सुरक्षित राख्न आग्रह गरिन् । उनले सरकारले गैरआवासीय नेपालीहरुका समस्या विस्तारै सम्बोधन गर्दै जाने पनि दाबि गरिन् ।

कार्कीले गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकतापछि यस्तै एकता राजनीतिक दलहरुमा पनि आवश्यक रहेको बताइन् । उनले राजनीतिक दलका नेताहरु पदका लागि एकआपसमा फुटेको भन्दै मेलमिलापको आवश्यक परेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘एनआरएनएहरुको यो उपस्थितीले बलियो बन्ने देखिएको छ । तपाइँहरु एक हुनुभएको छ, यो राम्रो सन्देश हो । पदका कुरालाई लिएर हाम्रा राजनीतिक दलहरुमा के भईरहेको छ तपाईहरुलाई थाहा नै छ । पदका लागि एकआपसमा छिनाझपटी गर्न राम्रो होइन् । कमसेकम तपाईहरु मिलेजस्तो दलहरुमा पनि मेलमिलापको आवश्यक छ । नेता–नेता फुटेको देखिन्छ । विभिन्न दलहरुको एकआपसमा पानी बाराबार देखिन्छ । त्यस्तोले देश चल्दैन । तपाईहरु मिल्नुभयो यो पनि राजनीतिक दलहरुका लागि उदाहरण हो ।’

उनले एनआरएनएहरुको नेपालीले पाउने नागरिकताबाट त्यो अभाव भएपनि नेपालप्रति आफ्नो सद्भाव कम हुन नदिएको बताइन् । ‘मेरो सल्लाह के छ भने तपाईहरु नेपाली हुँ भनेर नेपालप्रति जति सद्भाव देखाउनुहुन्छ त्यति तपाईहरुले नेपाली होइन भनी नेपालीले पाउने नागरिकताबाट त्यो अभाव बन्छ जस्तो मलाई लाग्दैन । किनभने जसले पनि आफ्नो मान्छेलाई आफ्नै मान्छेले बनाउँछ । जो नेपाली जहाँ रहेपनि नेपाली नै हो,’ उनले भनिन् ।

प्रकाशित मिति : मंसिर १४, २०८२ आईतबार  ३ : ४२ बजे