काठमाडौं । रुस र युक्रेनबीच महिनौँयता रक्तपातपूर्ण युद्ध चलिरहदा पछिल्लो समय युद्ध माोर्चामा युक्रेन कमजोर बन्न थालेको अन्तर्राष्ट्रीय मिडिया आउटलेटहरुको रिपोर्टमा उल्लेख छ । कतिपय अन्तर्राष्ट्रीय मिडिया आउटलेटहरुले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन छोडेर अन्य मुलुकमा शरण लिन सक्ने समेत उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफ आगामि केहि लिन भित्रै भेटवार्ताका लागि मस्को जादैछन् । अमेरिकाले रुस र युक्रेनबीच शान्ति सम्झौताका लागि दबाव दिइरहेको छ।
अमेरिकाले रुस र युक्रेनबीच गराउन खोजेको शान्ति सम्झौता, युरोपेली नेताहरूका सर्त र रुसले जारि राखेको सैन्य आक्रमकताका बिच छिट्टै रुस र युक्रेन युद्धले नयाँ मोड लिने ठानिएको छ । यसैले युक्रेन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भविष्य निर्घारण गर्ने अन्तर्राष्ट्रीय मिडिया आउटलेटहरुको रिपोर्ट छ ।
यसैबिच रुसले पूर्वी युक्रेनको पोकरोभ्स्क सहर आफ्नो सेनाको नियन्त्रणमा आएको दाबी गरेको छ।
रुस र युक्रेनबीच युद्ध चलिरहेको सो सहरको मध्यभागमा रुसी सैनिकहरूले झण्डा फहराइरहेको जस्तो देखिने भिडिओ रुसको रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ।
किएभले आफ्नो बन्दोबस्तीका सामग्रीहरू राखिएका मुख्य केन्द्रहरूको रक्षार्थ विशेष फौजसहित थप बल गत महिना त्यहाँ पठाएको थियो। युक्रेनले उक्त सहर गुमेकोबारे प्रतिक्रिया दिएको छैन। रुसले खार्किभ क्षेत्रको सीमावर्ती क्षेत्र भोभ्चान्स्क पनि कब्जामा लिएको दाबी गरेको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफ भेटवार्ताका लागि मस्को आउनुअघि रुसले उक्त सहर कब्जाको घोषणा गरेको हो।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यसबारे जानकारी समेत गराइएको छ । राष्ट्रपतिले रूसी सशस्त्र बलका प्रमुख भ्यालेरी गेरासिमोभ, केन्द्र बलका कमाण्डर भ्यालेरी सोलोदचुक र पूर्वी बलका कमाण्डर आन्द्रेई इवानायेभले उक्त प्रतिवेदन दिएका छन् ।
आफ्नो प्रतिवेदनमा गेरासिमोभले क्रास्नोआर्मेस्क र भोल्चान्स्कसमेत कब्जाको घोषणा गरेका छन्। साथै अन्य क्षेत्रहरूमा गरिएको आक्रामक कारबाहीको नतिजाको विवरण पनि दिएको बताईएको छ । विशेष गरी दिमित्रोभको दक्षिणी भाग अब रूसी नियन्त्रणमा रहेको घोषणा गरिएको छ । एजेन्सिहरुको सहयोगमा














