कुलमानको उपस्थितिमा आज उज्यालो नेपालको घोषणा हुँदै



काठमाडौँ । कुलमान घिसिङको उपस्थितिमा उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदैछ ।

घोषणा सभा दिउँसो १ बजेदेखि ४ बजेसम्म काठमाडौँको प्रज्ञा भवनमा हुनेछ ।

कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री कुलमान घिसिङ रहेका छन् ।

कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ ।

प्रकाशित मिति : मंसिर १७, २०८२ बुधबार  १० : ३६ बजे