मधेशका मुख्यमन्त्री सरोजकुमार यादव राजीनामा दिने तयारीमा



काठमाडौँ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिने तयारी गरेका छन् ।

आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री यादवले राजीनामा दिन लागेका हुन् ।

बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले राजीनामा दिन लागेको एमाले स्रोतले जनाएको छ ।

विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक बोलाइए पनि बैठक सुरु हुन सकेको छैन ।

प्रकाशित मिति : मंसिर १७, २०८२ बुधबार  १ : ०९ बजे