गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ



काठमाडौं । प्रहरीले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ।

बुधबार उनलाई प्रहरीले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो।

बैकिंङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उनलाई पक्राउ गरिएको जनाईएको छ ।

प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित उनले समेत राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानुन विपरीत कार्य गरी प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्‍याएको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : मंसिर १७, २०८२ बुधबार  १ : ३४ बजे