प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले आज अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ ।

उक्त बैठकमा सहभागिताका लागि ‘जेनजी’ प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखलगायतलाई पनि बोलाइएको छ ।

प्रकाशित मिति : मंसिर १९, २०८२ शुक्रबार  १२ : ३५ बजे