संसद् पुनःस्थापनाको माग गर्दै कांग्रेस पनि पुग्यो सर्वोच्च



काठमाडौं । नेपाली कांग्रेस संसद् पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालत गएको छ । संसद् पुनःस्थापनाको माग लिएर सर्वोच्च गएको कांग्रेस पूर्व प्रमुख सचेतक श्याम घिमिरेले पुष्टि गरे ।

कांग्रेसले वारेसमार्फत संसद् पुनर्स्थापनाको माग लिएर पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई सर्वोच्च पठाइएको घिमिरेले बताए ।

“प्रमुख सचेतक र सचेतकको हस्ताक्षर लिएर हामी सर्वोच्च गएका हौँ,” उनले भने । उनका अनुसार पूर्वमहान्यायाधीवक्ता खम्म खातीलाई वारेसमार्फत् पठाइएको छ । “हामीले उहाँलाई वारेसमार्फत् पठाएका हौँ,” उनले भने ।

एमालेले यसअघिनै संसद् पुनःस्थापनाको माग गर्दै रिट निवेदन दर्ता गरेको थियो। मंसिर १७ गते प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले उत्त रिटमा कारण देखाउ आदेश जारी गरेको छ।

संसद् पुनःस्थापनाको माग लिएर कांग्रेस सर्वोच्च जानुलाई शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भएको भेटसँग जोडेर हेरिएको छ ।

प्रकाशित मिति : मंसिर २१, २०८२ आईतबार  ६ : ३८ बजे