प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच सिंहदरबारमा भेटवार्ता सुरु



काठमाडौं । दुर्गा प्रसाईं प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटवार्ता सुरु भएको छ।

प्रधानमन्त्री कार्कीले प्रसाईंलाई वार्ताको लागि आज सिंहदरबार बोलाएकी हुन् ।

नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाबाबारे प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा विस्तृत छलफल चलिरहेको हो ।

यसअघि प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग सिंहदरबारमा नै वार्ता गरेका थिए ।

प्रकाशित मिति : मंसिर २२, २०८२ सोमबार  ४ : ५१ बजे