सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय, उखुको खरिद मूल्य तोकियो



काठमान्डौ ।सरकारले आ.व. २०८२–०८३ को लागि कृषकले उत्पादन गरेको उखुको न्युनतम खरिद भूल्य प्रतिक्विन्टल ६ सय २० निर्धारण गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए।

उनका अनुसार उखुको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय भएको छ ।

तेस्तै २०८१ चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको क्रममा जलेर मृत्यु भएका पत्रकार स्व। सुरेश रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : मंसिर २२, २०८२ सोमबार  ८ : ५७ बजे