काठमाडौँ। विराटनगर किंग्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ।
त्रिवि क्रिकेट रंगशालामा विराटनगरका कप्तान सन्दीप लामिछानेले पहिले फिल्डिङ रोजेका हुन्। यस्तै, टस हारेको सुदूरले पहिले ब्याटिङको निम्तो पाएको हो।
यस्तै टोलीमा विराटनगरको टिममा एक परिवर्तन भएको छ। शंकर रानाको स्थानमा नारायण जोसी आएका छन्। यता, सुदूरमा चार परिवर्तन भएको छ।










