काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
बुधबार बिहान नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले पार्टी, देश र जनताको हितलाई केन्द्रमा राखेर आवश्यकताअनुसार अघि बढ्न आफू तयार रहेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, “‘नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित । तर देश जनता, प्रजातन्त्रको हित र सङ्गठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु ।’ साथै उनले सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्ने बताएका छन् ।










