काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आसन्न ११औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।
आज (बुधबार) सञ्चारकर्मीहरुसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने, पार्टी र आन्दोलनको हितलाई केन्द्रमा राखेर आफूहरू अघि बढ्ने बताए ।
उनले भने, ‘हामी प्रतिस्पर्धा गर्छौं, यदि हामी विजयी नभए पनि एमालेको पक्षमा, एमाले भएर रहिरहन्छौं,’ ।उनले प्रतिस्पर्धामा जाँदै गर्दा पनि परिणामलाई लिएर नभाग्ने प्रष्ट पारे ।
यसअघि पार्टी छाड्का माधव नेपाल, भीम रावललगायतको नाम लिँदै उनले आफ्नो हकका उनीहरुको जस्तो दृष्टान्त लागू नहुने बताए।आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा एमालेको ११औं महाधिवेशन हुँदै छ ।









