डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते



काठमाडौं । डडेलधुराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

ना ८ ख ७४५५ नम्बरको बस आज बिहान करिब ३ बजे लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट तल खसेको प्रहरीले जनाएको छ।

प्रहरी कार्यालय लमहीका अनुसार ‘२२ जना घाइतेलाइ उपचारको लागि लमही अस्पताल लगिएको छ ।

बसमा ३८ जना सवार थिए ।

प्रकाशित मिति : मंसिर २५, २०८२ बिहिबार  १० : १९ बजे