जनजाति महासंघका महामन्त्री श्रेष्ठ धनुषा-१ बाट समानुपातिक उम्मेदवार सिफारिष



काठमाडौं । नेपाली कांग्रेसका महासमिती सदस्य एबं नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासंघका महामन्त्री मनहरी श्रेष्ठ धनुषा जिल्ला छेत्र नम्बरमा १ बाट नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार सिफारिष भएका छन् ।

नेपाली कांग्रेस धनुषा जिल्लाको एक नम्बर छेत्रीय कार्यसमितिको बैठकले फागुनमा हुने भनिएको निर्बाचनका लागी प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरु सर्बसम्मत टुङ्गो लगाएको हो ।

नेपाली कांग्रेस धनुषा जिल्ला छेत्र नम्बर एकबाट प्रत्यक्ष तर्फ कांग्रेस महासमिती सदस्य दिलिप कुमार ढुंगाना, भोला पंजियार र मेघनाथ यादव उम्मेदवार तोकिएका छन् ।

तेस्तै समानुपातिक तर्फ क्रमश: मनहरी श्रेष्ठ, राज किशोर सिंह,निलम साह र पुष्लता लामा उम्मेदवार तोकिएका छन् ।

प्रकाशित मिति : मंसिर २५, २०८२ बिहीबार  ७ : १४ बजे