काठमाडौं। आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ।
बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो।
बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्तावलगाय विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
एमालेको ११औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ।









