जेनजी आन्दोलनको अठोट सबैको साझा जिम्मेवारी र कर्तव्य हो: विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र ‘जेनजी’बीचको सहमतिको स्वागत गरेका छन् ।

उनले जेनजी आन्दोलनले स्थापित गरेको ‘सुशासनको सङ्कल्प र अठोट’ अब सबैको साझा जिम्मेवारी र कर्तव्य बन्नुपर्नेमा जोड दिएका हुन्।‘

शुक्रबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, राजनैतिक दलहरू लोकतन्त्रको मुख्य र अविच्छिन्न सारथी हुन् भन्ने तथ्य हेक्का राखेर सरकारले सहमतिको हस्ताक्षर गरिरहँदा दलहरूलाई स्वामित्व र अपनत्वमा गाँस्न सक्नुपर्दथ्यो त्यसो गरेर `भोलिका लागि भरपर्दो´ बनाउन सरकार नचुक्नु पर्थ्यो

सहमति कार्यान्वयनको सन्दर्भमा महामन्त्री शर्माले फागुन २१ गतेको तोकिएको निर्वाचन मिति बाधक बन्न नहुने स्पष्ट पारेका छन्।

प्रकाशित मिति : मंसिर २६, २०८२ शुक्रबार  १० : ४५ बजे